२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता

अ+ अ-

काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावासले आठौँ आयुर्वेद दिवसका अवसरमा परम्परागत चिकित्सा विशेष गरी आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्य सम्भावनाबारे एक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यताप्राप्त प्रणाली भएको उल्लेख गरे ।

साथै उनले नेपाल सरकारले आयुर्वेदको प्रवर्द्धनका लागि लिएको पहलबारे प्रकाश पारेका थिए ।

दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले आयुर्वेदलगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत र नेपालबीच रहेको सहकार्यबारे चर्चा गरे ।

साथै उनले ज्ञान, विशेषज्ञता तथा क्षमता अभिवृद्धिको आदान-प्रदानमार्फत आयुर्वेदमा सहकार्य प्रवर्द्धन गर्न चालिएका विविध पहलबारे जानकारी गराएका थिए ।

यस वर्षको आयुर्वेद दिवसमा मनाइने उत्सव भारतको अध्यक्षतामा सम्पन्न जी-२० सम्मेलनको नारा ‘वसुधैव कुटुम्बकम’सँग मेल खाने उपप्रमुख श्रीवास्तवको भनाइ थियो ।

डाबर नेपालका व्यवसाय प्रमुख हरकिरतसिंह वेदीले डाबरले नेपालबाट जडीबुटी सङ्कलन गर्न आपूर्ति शृङ्खलाको विकास गर्नाको साथै स्थानीय समुदायका लागि दिगो जडीबुटी खेती गर्ने अवसर प्रदान गरेको बताए ।

नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा. श्यामबाबु यादवले नेपालमा आयुर्वेद चिकित्साको प्रमुख अङ्ग भएको बताए ।

साथै उनले नेपालमा यसको समृद्ध इतिहासबारे जानकारी गराए ।

भारत सरकार, आयुष मन्त्रालयले सन् २०१६ देखि हरेक वर्ष धनवन्तरी जयन्ती (धनतेरस)मा आयुर्वेद दिवस मनाउँदै आएको छ ।

सन् २०२३ नोभेम्बर १० मा मनाइने आठौँ आयुर्वेद दिवसको नारा ‘एक स्वास्थ्यका लागि आयुर्वेद-हरेकका लागि हरेक दिन आयुर्वेद’ रहेको छ ।

स्वस्थ भविष्यका लागि एक पृथ्वी एक स्वास्थ्य भावनामा केन्द्रित रही आयुर्वेदको प्रवर्द्धनमार्फत भारत र नेपालबीचको सम्बन्धलाई अझ बलियो बनाउन भारतीय राजदूतावासले प्रतिबद्ध रहेको जनाएको छ ।

बिहीबार सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकार, नेपाल आयुर्वेद चिकित्सक सङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल आयुष उद्योगका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस