टी-२० विश्वकप छनोट : नेपालले आज यूएईसँग खेल्दै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

टी-२० विश्वकप छनोट : नेपालले आज यूएईसँग खेल्दै


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ ।

खेल बिहान ११ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ । यो खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी-२० विश्व कप खेल्न पाउनेछ ।

नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् । नेपाल सन् २०२१ को छनोट खेलमा यूएईसँग ६८ रनले पराजित हुँदै विश्व कप पुग्न सकेको थिएन ।

नेपाल र यूएईबीच ८ वटा टी-२० खेल भएका छन् । जसमा नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । नेपालले समूह चरणमा सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो तर हिजो भएको खेलमा ओमानसँग ५ रनले पराजित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस