प्रतिपक्षीले धारे हात लगाएर मात्रै हुँदैन : माधव नेपाल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रतिपक्षीले धारे हात लगाएर मात्रै हुँदैन : माधव नेपाल


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षीले रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन्।

बिहीबार संसद्लाई सम्बोधन गर्दै नेपालले प्रमुख प्रतिपक्षीको भूमिकाप्रति कटाक्ष गरेका हुन्।

उनले कमी कमजोरीलाई मूल्याङ्कन गरेर अघि बढ्नुपर्ने बताए। उनले भने, ‘प्रतिपक्षीले आफ्ना कमी कमजोरीलाई पनि सुधार गर्नुपर्छ। प्रतिपक्षीले सत्ताबाट बाहिरिएको पीडा पोखेर मात्रै हुँदैन, धारे हात लगाएर मात्रै हुँदैन। संसद अवरोध मात्रै गर्ने मानसिकताबाट उठ्नुपर्छ।’

नेपालअघि एमालेका तर्फबाट संसद्लाई सम्बोधन गरेका एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारको चर्को आलोचना गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस