सरकारले संसद्लाई प्रभावकारी ढङ्गले चल्न दिएन : विष्णु पौडेल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारले संसद्लाई प्रभावकारी ढङ्गले चल्न दिएन : विष्णु पौडेल


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले संसद्लाई प्रभावकारी ढङ्गले चल्न नदिएको बताएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै पौडेलले सरकार संसद प्रभावकारी हुन्छ कि भनेर आत्तिएको बताए।

‘७ महिनासम्म चलेको सदन जति प्रभावकारी र उपलब्धिपूर्ण हुन पर्ने हो, त्यति हुन सकेन,’ पौडेलले भने, ‘यो सदनको काम प्रभावकारी हुन नसक्नुमा सरकार जिम्मेवार छ।’

उनले सदनमा प्रतिपक्षीले बोलेको कुरा सरकारले नसुनेको बताए।

‘प्रतिपक्षीले बोलेको सरकारले सुनेनन्,’ पौडेलले भने, ‘हाम्रो सामुन्ने तथ्य जगजाहेर छ जायज माग उठाउन प्रतिपक्षीले आवाज उठाएर मात्रै पुगेन वेल पनि घेराउ गर्नुपर्ने भयो।’

उनले संसदमा आफूहरूले आवाज उठाएकै कारण सरकारले सुन तस्करी प्रकरणमा छानबिन गर्न समिति बनाउन बाध्य भएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस