दाइजोको निहुँमा आरती शाहको हत्या भएको छ, प्रहरीले किन देखेन ? « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

दाइजोको निहुँमा आरती शाहको हत्या भएको छ, प्रहरीले किन देखेन ?


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसकी सांसद सरस्वती बजिमयले धनुषाकी २२ वर्षीय आरती शाहको दाइजोको निहुँमा ज्यान गएको, तर प्रहरीले नदेखेको भन्दै प्रश्न उठाएकी छन् । उनले पीडितहरूप्रति प्रहरीले गरेको दुर्व्यवहारको भर्त्सना गर्दै मृतक शाहलाई न्याय दिन सरकारसँग माग गरिन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद बजिमयले सरकारले संविधानको धारा ३८ मा रहेको महिलाको हक र अन्तर्राष्ट्रियता सभा सम्मेलनमा गरेको हस्ताक्षरको कार्यान्वयन गर्ने दायित्वबाट विमुख हुन नमिल्ने बताइन् ।

‘ धनुषाकी २२ वर्षीय आरती शाहको गत जेठ ७ गते माइती पक्षले अस्पतालमा पाए । घर पक्षले झुण्डिएर आत्महत्या गरेको भनेपनि आरतीको शरीरमा देखिएको निलडामले उनको हत्या भएको खुलासा भयो । माइतीपक्षले उनको हत्यामा दोषीलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन माग गर्दा प्रहरीले जाहेरीसमेत नलिएको गुनासो आएको छ । माइती पक्षका आफन्तहरूले अहिले पनि महिनौँदेखि काठमाडौँको माइतीघरमा धर्ना बसिरहेका छन्,’ सांसद बजिमयले भनिन्, ‘तर अहिले पनि उनीहरूमाथि प्रहरीबाट दुर्व्यवहार र ज्यान मार्ने धम्कीसम्मको कुराहरू रोकिएको छैन । आरती शाहको दाइजोका निहुँमा ज्यान गएको छ । यसबारे प्रहरीले किन अनुसन्धान गरेन रु किन देखेन ?’

उनले संविधानको धारा ३८ को कार्यान्वयनको दायित्व समेत स्मरण गराएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस