काठमाडौँ । मन्त्रिपरिषद्को बैठक अहिले बस्दै छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ९ बजेका लागि बोलाइएको बैठकमा मन्त्रीहरू उपस्थित भइसकेका छन् भने प्रधानमन्त्री आउँदै छन् ।
आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूसँगै केही अन्य निर्णय पनि हुन सक्ने प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ । आजको बैठकले ठूलो संख्यामा नेपाल सरकारका प्रथम श्रेणी(सहसचिव) स्तरका कर्मचारीहरूको पनि सरुवा गर्दै छ ।