काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोग श्रेणी घटुवा हुनबाट जोगिएको छ । आयोगको अन्तर्राष्ट्रिय संस्था ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी)ले आयोगको श्रेणी ‘क’ कायम भएको जानकारी गराएको हो ।
गानरीले बुधबार आयोगलाई इमेल गरेर यसअघि कै ‘क’ श्रेणी कायम भएको र बधाई दिएको छ ।
संयुक्त राष्ट्रसंघको पेरिस सिद्धान्तले आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया असंवैधानिक तरिकाले भयो भने त्यस्तो देशको आयोगलाई ‘ख’ श्रेणीमा राख्ने गरेको छ । केही मानव अधिकारवादीले आयोगको नियुक्ति असंवैधानिक भन्दै उजुरी गरेपछि एक वर्षअघि यसबारे गानरीले छानबिन समिति गठन गरेको थियो ।