क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालउपर उजुरी आह्वान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालउपर उजुरी आह्वान


१५ कार्तिक २०८०, बुधबार


काठमाडौँ । क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी दिन आह्वान गर्ने निर्णय गरिएको छ ।

बुधबार बसेको संसदीय सुनुवाइ समिति बैठकले उक्त निर्णय गरेको हो ।

समितिले मन्त्रिपरिषद्को कात्तिक २ गतेको निर्णयानुसार क्यानडाका लागि आवासीय राजदूत एवं क्युबा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैरआवासीय राजदूत तथा आइकाओका लागि स्थायी प्रतिनिधिको पदमा नियुक्तिका लागि सिफारिस भएका परराष्ट्र मन्त्रालयका सचिव पौड्यालउपर उजुरीका लागि आह्वान गर्ने निर्णय गरेको हो ।

संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको समितिले जनाएको छ । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने छ।

Tags :
प्रतिक्रिया दिनुहोस