गाजा युद्धमा ९ जना इजरायली सैनिक मारिए « प्रशासन
Logo १५ जेष्ठ २०८१, मंगलबार
   

गाजा युद्धमा ९ जना इजरायली सैनिक मारिए


१५ कार्तिक २०८०, बुधबार


जेरुसेलम । मङ्गलवार गाजामा युद्धका क्रममा नौ इजरायली सैनिक मारिएको सेनाले बताएको छ ।

योसँगै अक्टोबर ७ यता अहिलेसम्म मारिने इजरायली सैनिकको कूल सङ्ख्या तीन सय २६ पुगेको छ ।

सेनाका अनुसार मङ्गलवार प्यालेस्टिनी क्षेत्रमा भएको लडाइँमा दुई सैनिक गम्भीर घाइते भएका छन् ।

प्यालेस्टिनी आतङ्कवादी सङ्गठन हमासद्वारा इजरायलको इतिहासमा सबैभन्दा खराब हमलापछि हमासविरुद्ध इजरायली सेना युद्धमा होमिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस