राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित, तोकियो प्राध्यापक र शिक्षकको मर्यादाक्रम « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित, तोकियो प्राध्यापक र शिक्षकको मर्यादाक्रम


१५ कार्तिक २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको मङ्गलवार बसेको दोस्रो बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८० पारित गरेको हो । 

राष्ट्रिय सभाबाट पारित भएको उक्त विधेयक अब प्रतिनिधि सभामा जानेछ । विधेयकमा मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाअनुरूप राष्ट्रिय मर्यादा क्रमसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ ।

राष्ट्रिय सभाबाट पारित विधेयकमा तोकिएको मर्यादा क्रम अनुसार राष्ट्रपतिको मर्यादा पहिलो नम्बरमा रहेको छ । यसैगरी दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश, पाचौंमा प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष, छैटौँमा पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, मन्त्रिपरिषद्को पूर्व अध्यक्ष, पूर्व प्रधानन्यायाधीश रहेका छन् ।

उपप्रधानमन्त्री र प्रदेश प्रमुखलाई मर्यादा क्रमको आठौँ नम्बरमा राखिएको छ भने प्रदेश सरकारको मन्त्रीलाई बाह्रौँ नम्बरमा राखिएको छ । सत्रौँ नम्बरमा महानगरपालिका प्रमुख, विश्वविद्यालयका प्राध्यापक, अठारौँ नम्बरमा नगरपालिकाका प्रमुख र उन्नाइसौँ नम्बरमा गाउँपालिकाका अध्यक्ष, माध्यमिक तहको प्रथम श्रेणीका शिक्षक रहेका छन् ।

हेर्नुहोस् मर्यादा क्रमको सूचि :

Tags :
प्रतिक्रिया दिनुहोस