देशको अर्थतन्त्र आत्मनिर्भर बनाउन सरकारले प्रोत्साहन गर्दैन : ओली « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

देशको अर्थतन्त्र आत्मनिर्भर बनाउन सरकारले प्रोत्साहन गर्दैन : ओली


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र आफैँमा आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

भृकुटीमण्डपको पुष्प मेलालाई सम्बोधन गर्दै उनले हिजो देशको अर्थतन्त्र आत्मनिर्भर रहेको स्मरण गरे ।

उनले भने, ‘फूल र फलफूलहरू हिजो हामी आफ्नै बारीमा लगाउँथ्यौँ। जसले गर्दा ठाउँ र हावापानीअनुसारको खेतीले हामीलाई पुरानो जमानामा आत्मनिर्भर नै बनाएको थियो । हाम्रो अर्थतन्त्र नै एउटा आत्मनिर्भर अर्थतन्त्रमा थियो हिजो । आज हामी आत्मनिर्भर अर्थतन्त्रमा छैनौँ । फेरि हामी बढेका आवश्यकतालाई ध्यान दिएर आत्मनिर्भर हुन सक्नुपर्छ ।’

पुष्प व्यवसायबाट पनि देशलाई छोटो समयमा आत्मनिर्भर बनाउन सकिने बताए । आत्मनिर्भर बन्न सरकारले प्रोत्साहन नगर्न नसकेको भन्दै उनले निजी क्षेत्रबाट आफ्नै प्रयासमा अग्रसर हुनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस