लुम्बिनीबाट काठमाडौँ फर्किए गुटेरेस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लुम्बिनीबाट काठमाडौँ फर्किए गुटेरेस


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । चार दिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा र लुम्बिनीको भ्रमण गरेर काठमाडौँ फर्किएका छन् ।

बिहान अन्नपूर्ण आधारशिविर पुगेका उनी उतैबाट दिउँसो बुद्ध जन्मस्थल लुम्बिनी पुगेका थिए। लुम्बिनीमा उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालगायतले स्वागत गरेका थिए।

सो अवसरमा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डले संयुक्त रूपमा लुम्बिनीमा वृक्षारोपण पनि गरेका छन्। लुम्बिनीबाट काठमाडौं फर्किए लगत्तै उनी सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्षमा पुगेका छन्। तिमिल्सेनासँगको भेटपछि उनी सिधै संघीय संसद भवन नयाँ बानेश्वर जाने कार्यक्रम छ ।

गुटेरेसले सम्बोधन गर्ने भएकोले आज दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा संवैधानिक निकायका पदाधिकारीलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि उपस्थितिका लागि निमन्त्रणा दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस