टी-२० विश्वकप छनोटमा ओमानको लगातार दोस्रो जित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

टी-२० विश्वकप छनोटमा ओमानको लगातार दोस्रो जित


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौं। आईसिसी टी-२० विश्वकप छनोटमा ओमानले लगातार दोस्रो जित हात पारेको छ। मंगलबार भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको छ ।

ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रनले हराएको थियो। ओमानले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५२ रन जोड्यो।

ओमानका फेयात बट र बिलाल खानले २/२ तथा सकिल अहमद, जिसन मकसुद, अकिब इलियास र मोहम्मद नदिमले एक एक विकेट लिए। त्यसअघि ओमानको पालीमा इलियासले ६३ र प्रतीक अथाभालेले ४२ रन बनाए। ओमानले समूहको अन्तिम खेलमा अब नेपालसँग खेल्दै छ। पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले मंगलबार मलेसियाको सामना गर्दैछ।

Tags :
प्रतिक्रिया दिनुहोस