प्रधानमन्त्री ‘प्रचण्ड’ लुम्बिनीमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

 प्रधानमन्त्री ‘प्रचण्ड’ लुम्बिनीमा


१४ कार्तिक २०८०, मंगलबार


लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन्।  नेपालको औपचारिक भ्रमणमा रहेका  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उनी त्यहाँ पुगेका हुन् ।  महासचिव अन्नपूर्ण बेसक्याम्पबाट भैरहवा हुँदै लुम्बिनी आउँदै छन् ।   

लुम्बिनीमा प्रधानमन्त्री दाहाललाई लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटनमन्त्री सुदन किराती, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामालगायतले स्वागत गरेका छन् ।  महासचिव गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसङ्घका छैटौँ महासचिव छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस