कञ्चनजङ्घा जाने पर्यटकलाई अक्सिजन सिलिन्डरको व्यवस्था « प्रशासन
Logo ५ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कञ्चनजङ्घा जाने पर्यटकलाई अक्सिजन सिलिन्डरको व्यवस्था


१३ कार्तिक २०८०, सोमबार


ताप्लेजुङ । ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा क्षेत्रमा जाने पर्यटकलाई पोर्टेबल अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ । कञ्चनजङ्घा क्षेत्रका पर्यटकीय गन्तव्यको भ्रमणमा जाने पर्यटकका लागि फक्ताङलुङ गाउँपालिकाले पोर्टेबल अक्सिजन सिलिन्डरसहित औषधिको व्यवस्था गरेको हो ।

दशैँ तिहारको समयमा कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी पोर्टेबल अक्सिजन सिलिन्डर र औषधिको व्यवस्था गरिएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले बताए । लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरहरू केबीसी, लोनाक, खम्बाचेन, घुन्सा, सेलेले साथै उच्च हिमाली बस्ती ओलाङ्चुङ्गोला र याङ्मामा यो व्यवस्था गरिएको छ ।

उच्च क्षेत्रमा अक्सिजनको कमी हुने भएकाले पर्यटकलाई लेक लाग्ने (हाई अल्टिच्युड) जोखिम बढी हुँदा त्यो समस्याबाट बच्नलाई पोर्टेबल अक्सिजन सिलिन्डरसहित औषधिको व्यवस्था गरिएको फक्ताङलुङ गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले यो व्यवस्था गरेसँगै कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका बाह्य तथा आन्तरिक पर्यटकलाई राहत पुगेको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ । उनका अनुसार आवश्यक परेमा वा आपत्कालीन अवस्थामा तत्काल सजिलैसँग पोर्टेबल अक्सिजन सिलिन्डर प्रयोग गर्न सकिन्छ । 

अक्सिजनसँगै उच्च भेगमा चिसो र अक्सिजन कमीका कारण टाउको दुख्नेलगायत स्वास्थ्यमा देखापर्ने समस्याको निदान गर्न वा स्वास्थ्यलाई सन्तुलन राख्न सहयोग पुग्नेखालका औषधिसमेतको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । कञ्चनजङ्घासहित जिल्लाका मुख्य पर्यटकीय गन्तव्यहरू फक्ताङलुङ गाउँपालिकामा पर्ने हुँदा पालिकाले पर्यटन प्रवर्द्धन साथै भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढाउने उद्देश्यले पोर्टेबल अक्सिजन सिलिन्डरसहित औषधिको व्यवस्था मिलाएको जनाएको छ । 

दशैँ तिहारको मौसमसँगै आजभोलि कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । असोजयता तीन सय ५० जना विदेशी पर्यटक भ्रमणमा आइसकेका कञ्चनजङ्घा संरक्षण व्यवस्थापन परिषद् कार्यालय घुन्सा चेक पोस्टका पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाले बताए। उनका अनुसार कञ्चनजङ्घा भ्रमण गर्न विदेशी पर्यटक आउने क्रम जारी रहेको छ । त्यस्तै आन्तरिक पर्यटक पनि उल्लेख्य सङ्ख्यामा कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आइरहेको घुन्सा चोक पोस्टले जनाएको छ । आन्तरिक पर्यटकको भने तथ्याङ्क नराखिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस