२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायल-हमास द्वन्द्वमा ५९ जना राष्ट्रसङ्घीय कर्मचारीको मृत्यु 

अ+ अ-

काठमाडौँ । इजरायल-हमास द्वन्द्वमा संयुक्त राष्ट्रसङ्घका कर्मचारीसमेत मारिएका छन् । अक्टोबर ७ देखि सुरु भएको द्वन्द्वमा प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने संयुक्त राष्ट्रसङ्घीय निकायका ५९ कर्मचारीको मृत्यु भएको हो ।

राष्ट्रसङ्घका अनुसार प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लूए)मा कार्यरत कर्मचारी मारिएका हुन् । आइतबार जोर्डनको राजधानी अम्मानमा राष्ट्रसङ्घले मारिएका कर्मचारीको स्मृति समारोहसमेत आयोजना गरेको थियो ।

नेपाल भ्रमणमा रहेका राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सहकर्मीहरूको निधनमा दुस्ख व्यक्त गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘यूएनआरडब्लूएका सहकर्मी गुमाउनु पर्दा म र पूरा राष्ट्रसङ्घ परिवार दुस्खी छौँ । अकल्पनीय पीडाका बीच गाजामा सहकर्मीहरू आफ्नो जीवन नै जोखिममा राखेर आवश्यक सेवा दिन जुटिरहेका छन् । उनीहरूप्रति कृतज्ञ हुँदै म ऐक्यबद्धता र पूर्ण सहयोग रहने बताउन चाहन्छु ।’

अक्टोबर ७ यता प्यालेस्टाइनतर्फ ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा महिला र बालबालिका बढी रहेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । त्यस्तै हमासको आक्रमणमा परी इजरायलतर्फ १ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ ।

द्वन्द्वका कारण लाखौँ प्यालेस्टिनी विस्थापित भएका छन् भने हजारौँले अस्पतालहरूमा शरण लिइरहेका छन् । द्वन्द्वमा पत्रकारहरूसमेत मारिएका छन् । इजरायल-हमास द्वन्द्वमा परी कम्तीमा ३४ प्यालेस्टिनी पत्रकार मारिएको अल जजीराले जनाएको छ । त्यस्तै हमासको आक्रमणमा परी दक्षिणी इजरायलमा ४ जना इजरायली पत्रकार मारिएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस