आफ्नो शिर काटिए पनि ‘प्रचण्ड’सँग झुक्दिन : ओली  « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

आफ्नो शिर काटिए पनि ‘प्रचण्ड’सँग झुक्दिन : ओली 


१३ कार्तिक २०८०, सोमबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले दुर्गा प्रसाईँलाई पक्राउ गरिदिनुपर्‍यो भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बिन्ती नबिसाएको बताएका छन्।

सोमबार पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रसाईँलाई पक्राउ गर्न ओलीले प्रधानमन्त्री ‘प्रचण्ड’लाई दबाब दिएको भन्ने समाचार सार्वजनिक भएको सन्दर्भमा उनले आफ्नो शिर काटिए पनि  ‘प्रचण्ड’सँग नझुक्ने बताए।

 ‘प्रचण्ड’लाई गएर मैले दुर्गा प्रसाईँलाई गिरफ्तार गरिदिनुपर्‍यो भनेर बिन्ती बिसाएँ रे  काटिएर जाओस् यो शिर बरु तर त्यस्ताहरूसँग यो शिर झुक्दैन। भोकै मर्छ बरु, घाँसका त्यान्द्रा टिप्न बाघ जाँदैन,’ उनले भने।

दसैँअघि प्रसाईँले ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी गरेको दाबी गरेका थिए। पार्टी कार्यक्रमका लागि सोमबार पोखरा पुगेका अध्यक्ष ओलीले आफूमाथि निराधार आरोप लगाएको बताउँदै पुष्टि गर्न चुनौती दिएका छन । 

Tags :
प्रतिक्रिया दिनुहोस