टी-२० विश्वकप छनोटमा ओमान र हङकङ विजयी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

टी-२० विश्वकप छनोटमा ओमान र हङकङ विजयी


१३ कार्तिक २०८०, सोमबार


काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा ओमानले विजयी सुरुवात गरेको छ । आज सोमवार भएको खेलमा ओमानले मलेसियालाई ३२ रनले हरायो ।

ओमानले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २१ रनमात्र बनाउन सक्यो । मलेसियाका वीरनदीप सिंहले ५७ रन बनाए । बलिङतर्फ ओमानका बिलाल खान र जेशान मकसूदले समान २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनायो । ओमानका कप्तान जेशान मकसूदले नटआउट ५६ रन बनाए । बलिङतर्फ मलेसियाका वीरनदीप सिंहले ३ विकेट लिए ।

यस्तै आजै भएको अर्को खेलमा हङकङले कुवेतलाई १६ रनले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

हङकङले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रनमात्र बनाउन सक्यो । ओमानका कप्तान मोहम्मद असलामले ५२ रन बनाए । बलिङतर्फ हङकङका अजिज खानले ३ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनायो । हङकङका मार्टिन कोट्जीले ८१ रन बनाए । बलिङतर्फ ओमानका सइद मुनिबले २ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस