सरकारको सक्रियताले दशैँमा दुर्घटना कम भयो : मन्त्री ज्वाला « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारको सक्रियताले दशैँमा दुर्घटना कम भयो : मन्त्री ज्वाला


१३ कार्तिक २०८०, सोमबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले तीनै तहका सरकारको सक्रियताले दशैँमा ठूला सडक दुर्घटना नभएको दाबी गरेका छन् ।

आज सोमवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा मन्त्री ज्वालाले ठूलो दुर्घटना नहुने गरी दशैँमा गाउँघर जानेलाई यातायात व्यवस्था सहज बनाउन सफल भएकोमा सरकार सन्तुष्ट रहेको बताएका हुन् ।

उनले सडक पूर्वाधार र यात्रु ठगिने समस्या समाधान गर्न पालिका, प्रदेश सरकारको महत्त्वपूर्ण भूमिकाले पनि यातायात व्यवस्था सहज हुन सकेको बताए । यातायात व्यवस्था सहज बनाउन सञ्चारमाध्यमले पनि सहज बनाएको उनको भनाइ छ ।

उनले भने, ‘यो वर्षको दशैँमा यातायात व्यवस्था सहज बनाउन प्रदेश र पालिका सरकारको सहयोगमा सहज भयो । यातायात व्यवस्था सहज बनाउन मिडियाहरूले पनि सहज बनायो । सबैतिरको सचेतता र सक्रियताले गर्दा यस पटकको दशैँमा यात्रुलाई सहजै गाउँघर पुग्ने र काठमाडौँ फर्कने वातावरण बनायौँ । सरकारको ध्यान चाडपर्वमा यात्रुले सास्ती भोग्न नपरोस् भन्ने थियो । केही समस्या भयो होला तर ठूलो समस्या भोग्नुपर्ने अवस्था सरकारले आउन दिएन । यो वर्ष सडक अवरुद्ध हुने अवस्था बनेन । ठूलो दुर्घटना पनि भएन । यसमा सरकारलाई सन्तुष्टि छ ।’

मन्त्री ज्वालाले सडक पूर्वाधारका धेरै गुनासा रहेको भन्दै ती सडक खण्डमा तत्काल अनुगमन गरी वैकल्पिक सडकबाट यातायात सहजरूपमा सञ्चालन गर्ने तयारीमा सरकार रहेको उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस