२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गठबन्धनका शीर्ष नेताको दबाब छ, तर एमालेविना कोशीको सरकार चल्दैन’

अ+ अ-

काठमाडौँ । केन्द्रीय सत्ता गठबन्धनमा रहेको मुख्य घटक माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट एमालेलाई हटाउन दबाब दिएपछि मुख्यमन्त्री केदार कार्कीले हटाउन नसक्ने जवाफ फर्काएका छन् ।

उनले एमालेको समर्थनमा आफू मुख्यमन्त्री भएको भन्दै कोशी प्रदेशको अङ्क गणितका आधारमा आफूले एमालेलाई सरकारबाट बाहिर राख्न नसक्ने जवाफ दिएका हुन् ।

मुख्यमन्त्री र एमालेबीच आज भएको वार्तामा कार्कीले भने, ‘एमालेविनाको सरकार गठन गरौँ भनेर दबाब आएको छ । मैले स्पष्ट रूपमा भनेको छु, कोशी प्रदेशमा एमालेविना सरकार चल्न सक्दैन ।’

कार्की एमालेका ३९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरको आधारमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएपछि काङ्ग्रेस डा. शेखर कोइराला समूहका नेता कार्कीले एमाले र काङ्ग्रेसबाट मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

कार्कीमाथि केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले एमालेविनाको मन्त्रिपरिषद् विस्तार गर्न निरन्तर दबाब दिँदै आएका छन् ।

वार्तामा सहभागी एमाले संसदीय दल कोशी प्रदेशका सचेतक रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् विस्तारको तयारी लगभग सकिएको र भोलिसम्ममा अन्तिम टुङ्गो लाग्ने बताए ।

उनले भने, ‘एमालेका तर्फबाट हामीले कुरा राख्यौँ । हाम्रा तयारीका बारेमा र प्रस्तावका विषयमा कुरा राख्यौँ । उहाँले पार्टीसँग थप छलफल गरेर टुङ्गो लगाउने भन्नुभएको छ । भोलिसम्ममा सबै कुरा मिल्छ ।’

उनले एकदुई दिनभित्रमै कोशीमा मन्त्रिपरिषद् विस्तार हुने बताए ।

वार्तामा मन्त्रिपरिषद् विस्तार, न्यूनतम साझा नीति तथा कार्यक्रम, बजेटलगायतका विषयमा छलफल भएको सचेतक भण्डारीले जानकारी दिए । उनले भने, ‘सबै कुरा पोजेटिभ छ । एकदुई दिनभित्रमा सबै कुरा मिल्नेछ ।’

कार्तिक १ गते विश्वासको मत पाएका कार्कीले असोज २८ गते २ जना मन्त्री नियुक्त गरेका थिए । त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि एमाले सशङ्कित भएको थियो ।

प्रतिक्रिया दिनुहोस