सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य


१३ कार्तिक २०८०, सोमबार


काठमाडौँ । आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको पहिलो खेलमा सिङ्गापुरले नेपाललाई जितका लागि १४६ रनको चुनौती दिएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सिङ्गापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको हो ।

सिङ्गापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाएका हुन् । त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए । उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन् । त्यस्तै मनप्रति सिंहले २४ तथा अक्षा पुरीले १३ रन जोडे । 

नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दीप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई/दुई विकेट लिए । नेपाल दोस्रो पटक ट्वान्टी २० विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रेको छ । नेपालले यसअघि सन् २०१४ मा बङ्गलादेशमा टि ट्वान्टी विश्वकप खेलेको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस