राष्ट्रसङ्घका महासचिव गुटेरेसको स्वागतमा रात्रिभोज « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राष्ट्रसङ्घका महासचिव गुटेरेसको स्वागतमा रात्रिभोज


१२ कार्तिक २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा रात्रिभोज आयोजना गरेका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेस रात्रिभोजमा सरिक भएका छन् । सिंहदरवारमा आयोजित रात्रिभोजमा विभिन्न राजनीतिक दलहरूका नेताहरूको पनि सहभागिता रहेको थियो ।

महासचिव गुटेरेसले आजै राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतसँग भेटवार्ता गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस