वन कार्यालयले पायो जटामसीको सङ्कलन र देशभित्र हुने ओसारपसारको जिम्मा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

वन कार्यालयले पायो जटामसीको सङ्कलन र देशभित्र हुने ओसारपसारको जिम्मा


१२ कार्तिक २०८०, आइतबार


काठमाडौँ । जटामसीको सङ्कलन र देशभित्र हुने ओसारपसारको जिम्मेवारी डिभिजन वन कार्यालयले पाएको छ ।

सरकारले राजपत्र प्रकाशित गर्दै जटामसीको सङ्कलन र देशभित्र हुने ओसारपसारको जिम्मा वन कार्यालयलाई दिइएको उल्लेख गरेको हो ।

‘नेपाल सरकारले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा १६ को उपदफा (२)ले दिएको अधिकार प्रयोग गरी जटामसी वनस्पतिको सङ्कलन र देशभित्र हुने ओसारपसारको प्रयोजनका लागि व्यवस्थापन निकायको रूपमा सम्बन्धित डिभिजन वन कार्यालयलाई तोकेकोले यो सूचना प्रकाशन गरिएको छ’, राजपत्रमा उल्लेख छ ।

२०७३ को दफा १६ को उपदफा ९२० मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै खास वन्यजन्तु वा वनस्पति वा सोको नमुनाको सम्बन्धमा कुनै खास निकायलाई व्यवस्थापन निकायको रूपमा तोक्न सक्ने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस