राष्ट्रसङ्घका महासचिव गुटेरेसलाई द्धन्द्धपीडितले गराए ध्यानाकर्षण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रसङ्घका महासचिव गुटेरेसलाई द्धन्द्धपीडितले गराए ध्यानाकर्षण


१२ कार्तिक २०८०, आइतबार


काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसलाई द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाहरूबारे ध्यानाकर्षण गराएका छन्।

गम्भीर मानवअधिकार उलङ्घनका पीडितहरूको राष्ट्रिय सञ्जालले राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिगर हाम्दीमार्फत् महासचिव गुटेरसलाई स्मरणपत्र दिइएको हो।

संक्रमणकालीन न्याय, स्मृति, परिपूरण र फेरि नदोहरिने प्रतिवद्धतामा नेपाल सरकारको कार्यलाई संयुक्त राष्ट्रसङ्घको सहयोगका लागि उनीहरूको अपिल छ।

कुनै पनि बहानाबाजी गरेर न्याय प्राप्तिमा ढिलाइ नगर्न उनीहरूले ध्यानाकर्षण गराएका छन्।

राष्ट्रसङ्घ आवासीय प्रतिनिधि हानाले पीडितहरूको मागमा राष्ट्रसङ्घको ऐक्यबद्धता रहँदै आएकाले आफूले महासचिवको ध्यानाकर्षण गराउने बताएकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस