आज यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आज यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना


१२ कार्तिक २०८०, आइतबार


काठमाडौँ । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभावले हाल मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ।

यस्तै, आज राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस