फिर्के खोला अतिक्रमण गरी बनाएका संरचना हटाउन महानगरको सूचना « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

फिर्के खोला अतिक्रमण गरी बनाएका संरचना हटाउन महानगरको सूचना


११ कार्तिक २०८०, शनिबार


पोखरा । फिर्के खोलाको खोला घर मिचेर बनेका संरचना ३५ दिनभित्र हटाउन पोखरा महानगरले निर्देशन दिएको छ ।

शुक्रबार एक सूचना जारी गरी खोला घर मिचेर बनेका स्थायी/अस्थायी सबै संरचना हटाउन भनेको हो । 

पोखरा महानगरले केही समयअघि प्राविधिक खटाएर खोलाको वास्तविक आकार खोजी गर्दै खोला घर पर्ने क्षेत्रमा सिमाङ्कन गर्दै स्तम्भ गाडेको थियो । महानगरले प्राविधिकले गाडेको उक्त स्तम्भभित्र पर्ने सबै संरचना हटाउन सूचना जारी गरेको हो ।

‘यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पूर्णरुपमा हटाउनुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ, ‘उल्लेखित मिति भित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने ब्यहोरा यसै सूचना साथ जानकारी गराइन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस