प्रधानमन्त्री र ओलीबीच भेटवार्ता « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

प्रधानमन्त्री र ओलीबीच भेटवार्ता


१० कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आज दिउँसो सिंहदरवारमा भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

स्रोतका अनुसार ‘प्रचण्ड’को बोलावटमा ओली उनलाई भेट्न गएका हुन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको आसन्न नेपाल भ्रमणको सन्दर्भमा उनले ओलीसँग भेटघाट गर्न चाहेको बुझिएको छ ।

गुटेरसले नेपाल भ्रमणका क्रममा प्रतिपक्षी दलका नेता ओलीलाई पनि भेट्नेछन् । उक्त भेटमा नेपालको शान्ति प्रक्रियाका विषयमा चासो राख्न सक्ने भएकाले सबैको एउटै भ्वाइस होस् भन्ने हिसाबले प्रचण्डले छलफल गर्न खोजेको स्रोतले बर्ताएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस