कतारमा भारतका ८ पूर्वसैनिक अधिकारीलाई मृत्युदण्डको फैसला « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कतारमा भारतका ८ पूर्वसैनिक अधिकारीलाई मृत्युदण्डको फैसला


१० कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । कतारमा पक्राउ परेका भारतका ८ पूर्वसैनिक अधिकारीलाई त्यहाँको एउटा अदालतले मृत्युदण्ड फैसला सुनाएको छ । २०२२ अगस्टमा पक्राउ परेका उनीहरूमाथि अभियोग भने कतारले सार्वजनिक गरेको छैन ।

उनीहरूलाई कतारको अत्याधुनिक पनडुब्बी कार्यक्रमबारेको गोप्य जानकारी इजरायललाई दिएको आरोप लगाइएको तर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारत सरकारले आफ्ना नागरिकलाई सुनाइएको फाँसीको सजायले स्तब्ध बनाएको र यस विषयमा सबै कानुनी विकल्पहरू खोज्ने जनाएको छ ।

‘हामी फाँसी दिने फैसलाबाट स्तब्ध छौँ र विस्तृत फैसलाको प्रतीक्षामा छैन । हामी उनीहरूका परिवारका सदस्य र कानुनी टिमको सम्पर्कमा छौँ । हामीले उच्च प्राथमिकतामा यस विषयलाई हेरेका छौँ र यस विषयलाई कतारको प्रशासनसमक्ष पनि उठाउनेछौँ‚’भारतीय विदेश मन्त्रालयले भनेको छ ।

पक्राउ परेका व्यक्तिहरू अल दाहरा कम्पनीमा कार्यरत थिए । सो कम्पनीले कतारका सैनिकलाई तालिम र त्यससँग सम्बन्धित अन्य सेवाहरू उपलब्ध गराउँदै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस