दशैँमा किसानलाई धान भित्र्याउने चटारो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

दशैँमा किसानलाई धान भित्र्याउने चटारो


१० कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । ललितपुरका किसानलाई दशैँको बेलामा पनि धान भित्र्याउने चटारो छ । ललितपुरको खोकनाका किसान धान काट्न, बिटा लगाउन लागिपरेका छन् ।

यस वर्ष पानी धेरै परेकाले गएको वर्षको भन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ । समयमै मल प्राप्त गर्न नसकेकाले वर्षेनि उत्पादनमा कमी आएको उनीहरूको गुनासो छ । धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले वर्षेनि झेल्दै आएका छन् । खोकनाका किसान गणेश महर्जनले धान पाकिसकेकाले दशैँको बेलामा पनि धान काट्न व्यस्त रहेको बताए ।

खोकनासँगै अहिले ललितपुरका बुङ्गमती, चारघरेलगायतका क्षेत्रका किसानलाई धान भित्र्याउने चटारो छ ।

Tags :
प्रतिक्रिया दिनुहोस