दशैं बिदामा घर गएकाहरू फर्किन थाले कार्यथलो  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दशैं बिदामा घर गएकाहरू फर्किन थाले कार्यथलो 


९ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । दशैं बिदामा घर गएकाहरू कार्यथलो फर्किन थालेका छन् ।

बिदामा घर गएकाहरू फर्किन थालेपछि राजमार्ग, सडक र सहरमा चहलपहल बढ्न थालेको छ ।

त्रयोदशीका दिनदेखि सरकारी कार्यालय सञ्चालनमा आउने भएकोले बिदामा गएकाहरू कार्यस्थल फर्किन थालेका हुन् ।

शुक्रबार कार्यालय भेटाउनेहरू कोही बिहीबार नै गन्तव्यमा पुगिसकेका छन् भने कोही यात्रामै छन् ।

घरबाट फर्किनेहरू बढेपछि काठमाडौँका चोक र बसपार्कमा पनि भिडभाड छ । तर, उपत्यकामा पर्याप्त सार्वजनिक सवारी साधन नहुँदा गन्तव्यमा पुग्न समस्या भएको यात्रुको गुनासो छ ।

सरकारले फूलपातीदेखि द्वादशीसम्म दशैं बिदा दिएको थियो ।शुक्रबारदेखि कार्यालय सञ्चालन हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस