धार्मिक र जातीय द्वन्द्वसँगै मुलुक अत्यन्त गम्भीर बाटोमा : शेखर कोइराला « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

धार्मिक र जातीय द्वन्द्वसँगै मुलुक अत्यन्त गम्भीर बाटोमा : शेखर कोइराला


९ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले धार्मिक र जातीय द्वन्द्वसँगै मुलुक अत्यन्त गम्भीर बाटोबाट अघि बढेको बताएका छन्।

बिहीबार विराटनगरमा आयोजित एक चियापान कार्यक्रममा नेता कोइरालाले पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा धार्मिक र जातीय द्वन्द्व बढ्दै गर्दा चिन्ता थपिएको बताएका हुन् ।

डा. कोइरालाले भने, ‘पछिल्लो समय मुलुकमा धार्मिक द्वन्द्व बढ्दै गएको छ। यो कतैबाट गराइएको वा स्वतःस्फूर्त भएको हुनसक्छ। मधेश प्रदेश र अन्य स्थानमा भएका घटना मुलुकका लागि राम्रो संकेत होइन भन्ने महसुस गरेको छु । यसले मुलुक जातीय द्वन्द्वमा फस्ने त होइन भन्ने चिन्ता बढाएको छ ।’

नेता कोइरालाले देश जातीय द्वन्द्वमा फस्यो भने नेपाल नै नरहने बताए । मुलुक बनाउन सरकारले सुशासनमा ध्यान दिनुपर्ने नेता कोइरालाको भनाइ थियो ।

सरकारले मौलाउँदो भ्रष्टाचारलाई निर्मूल बनाउनुपर्ने उनले बताए ।

नेता कोइरालाले अन्य प्रदेशभन्दा कोशी प्रदेशपछि पर्दै गएकोमा चिन्ता व्यक्त गरे । विगत एक वर्षको सत्ता खिचातानीले विकासको क्रममा कोशी प्रदेश अन्य प्रदेशभन्दा धेरै पछि परेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस