एसीसी यू-१९ प्रिमियर कपको उपाधि जितेर स्वदेश फर्कियो नेपाली टोली « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

एसीसी यू-१९ प्रिमियर कपको उपाधि जितेर स्वदेश फर्कियो नेपाली टोली


९ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कपको उपाधि जितेर नेपाल फर्केको नेपाली क्रिकेट टोलीका कप्तान देव खनालले, आफूहरूको मुख्य परीक्षा बाँकी नै रहेको बताएका छन्।

मलेसियामा सम्पन्न प्रतियोगितामा युएईलाई हराउँदै उपाधि जितेर स्वदेश फर्किएको नेपाली टोलीका कप्तान खनालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा टोलीले राम्रो प्रदर्शन गर्दै आएको र दुवैमा क्वालिफायर भए पनि आफूहरूको मुख्य परीक्षा अझै पनि बाँकी नै रहेको बताएका छन्।

उनले भने, ‘हाम्रो टोलीले विश्वकप र एसिया कप क्वालिफलायरमा गयौँ। मलाई हाम्रो मुख्य टेस्ट अब हुन्छ जस्तो लाग्छ। टेस्ट प्लेइङ राष्ट्रका टोलीहरूसँग अब खेल्नुपर्छ, त्यहीबाट हाम्रो पनि टेस्ट सुरु हुन्छ।’

उनले सबैले राम्रो प्रदर्शन गरेकै कारण टोलीले यो उपलब्धि हासिल गरेको बताए। ‘हामी सबैजनाको माइण्डसेट क्लियर थियो। हामी सबैको ध्येय नै टिमलाई क्वालिफायर गराउने थियो। सोही अनुसार टोलीले ग्राउन्डमा प्रदर्शन गरेकै कारण च्याम्पियन भयौँ, खनालले भने।

एसीसी यु-१९ प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली आज स्वदेश फर्केको हो। क्यानका पदाधिकारी तथा क्रिकेट समर्थकले फुलमाला र खादाले टोलीलाई विमानस्थलमा भव्य स्वागत गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस