स्कुटर दुर्घटनामा एकको मृत्यु र अर्का एक घाइते « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

स्कुटर दुर्घटनामा एकको मृत्यु र अर्का एक घाइते


९ कार्तिक २०८०, बिहिबार


मकवानपुर । स्कुटर दुर्घटनामा एकको मृत्यु र अर्का एक घाइते भएका छन् ।

काठमाडौँ कुलेखानी हेटौँडा सडक खण्ड अन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२-०२७-प ४८४२ नं को स्कुटर बुधबार  दुर्घटनामा परेको हो ।

स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौँ महानगरपालिका-२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएका र उनको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ उनकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७ः३० बजे मृत्यु भएको थियो ।

उनका अनुसार काठमाडौँबाट हेटौँडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस