मूर्ति विसर्जनका क्रममा बेपत्ता भएकाको खोजी जारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मूर्ति विसर्जनका क्रममा बेपत्ता भएकाको खोजी जारी


८ कार्तिक २०८०, बुधबार


लुम्बिनी । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति विसर्जनका क्रममा मङ्गलबार दानव खोलामा डुबेर बेपत्ता भएका एकजनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । 

सो दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको थियो भने एक जना हराएका थिए । 

कोटहीमाई गाउँपालिका-१ अमरगञ्जबाट मूर्ति विसर्जन गर्न दानव खोलामा गएका तीनै जना एकसाथ खोलामा डुबेको स्थानीयले बताएका छन् ।

सो दुर्घटनामा परेर हराइरहेका २० वर्षीय सन्तकुमार राजभरको खोजी कार्य भइरहेको र घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजीका लागि खटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

कोटहीमाई गाउँपालिका-१ दुइमोहानघाट स्थित दानव खोलामा डुबेर मृत्यु भएका दुई जनाको शब खोजतलासका क्रममा हिजो नै स्थानीयले फेला पारेका थिए । उनीहरूको शव पोष्टमर्टमका लागि भैरहवा लगिएको छ । 

खोलामा डुबेर मृत्यु हुनेमा अमरगञ्जका २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेका छन् । 

मृतक नाउँ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत प्रहरी जवान हुन् । 

दसैँ मान्न घरमा गएका उनी मूर्ति विसर्जनका क्रममा दानव खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस