चीनका रक्षामन्त्री ली बर्खास्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चीनका रक्षामन्त्री ली बर्खास्त


८ कार्तिक २०८०, बुधबार


काठमाडौँ । सार्वजनिक मञ्चमा देखिन छोडेको दुई महिनापछि चीनले रक्षामन्त्री ली साङ्फुलाई औपचारिक रूपमा बर्खास्त गरेको छ । उनलाई हटाउनुको कारण खुलाइएको छैन ।

चीनले नयाँ रक्षामन्त्रीको हुने भन्ने घोषणा गरेको

सी चिनफिङको मन्त्रिपरिषद्का सदस्य विदेशमन्त्री क्विन ग्याङलाई गत जुलाईमा बर्खास्त गरिएको थियो ।

उनको बर्खास्ती पछि धेरै उच्च सैन्य अधिकारीहरूलाई पनि हटाइएको र अहिले रक्षामन्त्री पनि बर्खास्तीको सूचीमा परेको बीबीसीले लेखेको छ ।

चीनका शीर्ष विधायकहरूसमेत रहेका उनीहरूलाई हटाउने निर्णय नेशनल पिपुल्स कङ्ग्रेसको स्थायी समितिले गरेको चीनको सिसिटिभीले रिपोर्ट गरेको छ ।

यसै साता बेइजिङमा विदेशी रक्षा अधिकारीहरूलाई चीनले स्वागत गर्ने तयारी गरिरहेको छ ।

यही समयमा रक्षामन्त्री औपचारिक रूपमा हटाएको हो ।

रोयटर्सले गत महिना गरेको रिपोर्टअनुसार रक्षामन्त्री उपकरण खरिद र विकाससम्बन्धी संदिग्ध भ्रष्टाचारको अनुसन्धानमा तानिएको थिए ।

उनी पछिल्लो पटक २९ अगस्टमा अफ्रिकी राष्ट्रहरूसँग बेइजिङ सुरक्षा फोरममा सार्वजनिक रूपमा देखिएका थिए।

स्याटेलाइट र रकेट प्रक्षेपण केन्द्रबाट आफ्नो करिअर सुरु गरेका एक एयरोस्पेस इन्जिनियर जनरल लीले सैन्य फाँटमा काम गरेका थिए ।

सन् २०१८ उसले सेनाको उपकरण विकास शाखाको नेतृत्व गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस