केही हाइकुहरू « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

केही हाइकुहरू


८ कार्तिक २०८०, बुधबार


१• लकडाउन
मानव सागर्
समय बन्दी बन्यो
देश घाइते ।

२• अस्पताल
विरामी लिन्न
सेवा अस्पतालको
मानवता खै ?

३• समाज
भन्छौ सिक्या छौ
जीवन चलाउन
डर् लाग्दैन कि ?

४• नियम
सबै समान
कोरोना कहरमा
मान्छेको जात ।।

५• रहर
कति सपना
बाध्दछन् गाउँ शहर्
शून्य प्रगति।।

६• शहर
मानव जीवन्
व्यस्तता अति भयो
कस्तो सुनसान्।

७• सपना
हाम्रो जीवन
खुला आकाश छुने
काखमै मृत ।

८• बजार
सुक्ष्म हेराई
मुनाफा कति उचित्
समान् उद्देश्य ।

९• सम्मान
कामको कदर्
हुनु पर्ने यथार्थ
मूल्यांकन छैन ।

प्रतिक्रिया दिनुहोस