बाँके जिल्ला मदिरा बिक्री वितरण र उपभोगमा प्रतिबन्ध « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बाँके जिल्ला मदिरा बिक्री वितरण र उपभोगमा प्रतिबन्ध


७ कार्तिक २०८०, मंगलबार


काठमाडौँ ।  बाँके जिल्लामा बुधबार रातिसम्म मदिराजन्य पदार्थ बिक्री वितरण र उपभोगमा प्रतिबन्ध लगाएको छ। धार्मिक सद्भाव नबिथलियोस् भनेर जिल्ला प्रशासन कार्यालयले बुधबार मदिरा किनबेच र उपभोगमा रोक लगाइएको हो। 

मिति २०८० कार्तिक ८ गते बुधवारका दिन यस जिल्ला मूर्ति विसर्जन र्‍यालीलाई , शान्त, अनुशासित एवं मर्यादा रहेर सम्पन्न गर्न सभ्य वातावरणका लागि उक्त एक दिन यस जिल्लाभरि बिहान ८:०० देखि राति १२:०० सम्म मदिराजन्य पद्धार्थको ओसारपोसार, बिक्री वितरण तथा उपभोगलाई समेत निषेध गरेको जिल्ला प्रशासन कार्यालयले सूचनामा जनाएको छ । 

सूचनाको विपरीत कुनै कार्य वा गतिविधि भएको पाइएमा कानुन बमोजिम कारबाही हुने उल्लेख गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस