एकीकृत समाजवादीका अध्यक्ष नेपालको शुभकामना « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एकीकृत समाजवादीका अध्यक्ष नेपालको शुभकामना


७ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने बताएका छन् ।

विजया दशमीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको मुलुकमा सबै समुदायका धर्म संस्कृति, भाषा साहित्यको संरक्षण गर्नुपर्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्न यस्ता पर्वहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको खुसी, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त रहेका छन् ।

 न्यायपूर्ण समाज निर्माणका लागि भ्रष्टाचार अन्त्य गरी जनतालाई जागृत गराएर सुशासन, समृद्धि कायम गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउँदै राजनीतिक उपलब्धिलाई पनि रक्षा गर्नुपर्नेमा जोड दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस