सरकारले व्यक्त गरेको ऐक्यबद्धता राष्ट्र निर्माणका निम्ति महत्त्वपूर्ण : प्रधानमन्त्री दाहाल « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

सरकारले व्यक्त गरेको ऐक्यबद्धता राष्ट्र निर्माणका निम्ति महत्त्वपूर्ण : प्रधानमन्त्री दाहाल


७ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले व्यक्त गरेको ऐक्यबद्धता राष्ट्र निर्माणका निम्ति अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन् ।

विजयादशमी २०८० का अवसरमा शुभकामना दिँदै सरकारले व्यक्त गरेको ऐक्यबद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति अत्यन्त महत्त्वपूर्ण रहेको प्रधानमन्त्री ‘प्रचण्ड’ले बताएका हुन् ।

जात, वर्ग, धर्म, लिङ्ग, वर्ण, भूगोल, आस्था र सम्प्रदायको सोचबाट माथि उठेर सामूहिक र सकारात्मक चिन्तनको विकास गर्न सके राष्ट्र, राष्ट्रियता र जनताको हितमा काम गर्न सकिने बताए ।

“नेपाली जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नैपर्छ ।
यसका लागि जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ”, शुभकामना सन्देशमा उनले भनेका छन् ।

उनले मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय एकताका पक्षमा लाग् थप सम्उन्नत समाजको निमार्णका लागि विजया दशमीले थप सकारात्मक भूमिका खेल्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस