काँग्रेसका सभापति देउवाद्वारा बडादसैँको शुभकामना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेसका सभापति देउवाद्वारा बडादसैँको शुभकामना


७ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बडादसैँ २०८० का पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। 

विजया दशमीका अवसरमा मंगलबार आज शुभकामना दिँदै देउवाले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको सम्पूर्ण नेपालीजनमा  शुभकामना  व्यक्त गरेका हुन्।

 सभापति शेरबहादुर देउवाले अन्यायमाथि न्यायको र असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो नेपालीहरूको यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, धार्मिक सहिन्सुनता, आपसी सहयोग र सामाजिक सद्भावका रूपमा मनाउँदै आएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस