काठमाडौँ । दोलखाको बिगु गाउँपालिका-२ ओराङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।
बा १४ च ८९३४ नम्बरको जिप दुर्घटनामा पर्दा बिगु-२ ओराङकी चिनीमाया तामाङ र बालमाया तामाङको घटनास्थलमा मृत्यु भएको भएको इलाका प्रहरी कार्यालय सिंगटीका ले जनाएको छ ।
दुर्घटना घाइते भएका छ जनाको स्थानीय सिंगटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घुम्ती काट्ने क्रममा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।