‘पावर लिफ्टिङ’ मा पवनको राष्ट्रिय कीर्तिमान « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

‘पावर लिफ्टिङ’ मा पवनको राष्ट्रिय कीर्तिमान


६ कार्तिक २०८०, सोमबार


काठमाडौँ । चीनको हान्झाउमा चलिरहेको चौथो एसियाली पारा खेलकुदको ‘पावर लिफ्टिङ’ मा नेपालका पवन घर्ती मगरले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

एक्सएससी जिम्न्याजिममा भएको पुरुष ४९ केजीमुनिको समूह ‘बी’ को प्रतिस्पर्धामा २८ वर्षीय पवनले ७६ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका प्रशिक्षक सञ्जय महर्जनले जनाएका छन् ।

यसअघि ७५ केजीको कीर्तिमान पवनकै नाममा थियो । उनले दुबईमा यसै वर्ष भएको विश्व पारा पावर लिफ्टिङ मा यो कीर्तिमान बनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस