युएईविरुद्धको खेलमा दीपेन्द्र बने म्यान अफ द म्याच « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

युएईविरुद्धको खेलमा दीपेन्द्र बने म्यान अफ द म्याच


६ कार्तिक २०८०, सोमबार


काठमाडौँ । युएईविरुद्ध नेपालको म्याचमा विस्फोटक ब्याटिङ गरेका दीपेन्द्र सिंह ऐरी म्याच अफ द म्याच चुनिएका छन् । छैटौँ नम्बरमा आएका उनले १५ बलमै ४० रन बनाएका थिए ।

दीपेन्द्र क्रिजमा आउँदा नेपाल दबाबको अवस्थामा थियो । नेपालले १५.३ ओभरमा ११० रन बनाउँदा क्रिजमा जमेका ओपनर आसिफ शेख आउट भएपछि दीपेन्द्रले छैटौँ विकेटका रूपमा इन्ट्री गरेका थिए । जितका लागि नेपाललाई ३३ बलमा ५५ रन चाहिएको थियो ।

पहिलो बलमै छक्का हानेर उनले आफ्नो नियत स्पष्ट गरे । त्यसपछि पनि उनी रोकिएनन् । नेपालविरुद्ध पहिलो जित निकाल्ने आशामा रहेको दीपेन्द्रको आक्रमणमा स्तब्ध बन्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस