दसैँको तीन दिन मदिरा निषेध « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दसैँको तीन दिन मदिरा निषेध


६ कार्तिक २०८०, सोमबार


काठमाडौँ । सप्तरीको बलान बिहुल गाउँपालिकाले दसैँको तीन दिन मदिरा खरिद बिक्री र ओसारपोसारमा प्रतिबन्ध लगाएको छ ।

गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले आज कार्तिक ६, ७ र ८ गते बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म मदिराजन्य बस्तुको खरिदबिक्री र ओसारपोसारमा प्रतिबन्ध लगाएको सूचना जारी गरेका हुन् ।

सूचनामा भनिएको छ, ‘दसैँ पर्वलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न मदिराजन्य वस्तु बेचबिखन तथा ओसार पसार नगर्नु नगराउनु हुन सूचित गरिन्छ ।’

सूचनाको उल्लङ्घन गर्ने पसल तथा व्यक्तिहरूलाई नियमानुसार कार्यवाही हुने चेतावनी समेत दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस