ग्लोबल आइएमई बैंकको डिजिटल दक्षिणा योजना, एपमार्फत दक्षिणा दिँदा १० प्रतिशत क्यासब्याक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ग्लोबल आइएमई बैंकको डिजिटल दक्षिणा योजना, एपमार्फत दक्षिणा दिँदा १० प्रतिशत क्यासब्याक


६ कार्तिक २०८०, सोमबार


काठमाडौँ । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ ।

बैंकको ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूले विजया दशमी २०८० को टिकाको दिन आफ्ना प्रियजनलाई दक्षिणाको रूपमा पैसा पठाउँदा १० प्रतिशत (रु. १०० सम्म) बैंकको आफ्ना ग्राहकहरूलाई दक्षिणा स्वरूप तुरुन्तै क्यासब्याक पाउनेछन् ।

ग्राहकहरूले पैसा पठाउँदा प्रोमोकोड “ DAKSHINA” लेखी पैसा ट्रान्सफर गर्नुपर्नेछ । ग्लोबल आइएमइ बैंकको ग्लोबल स्मार्ट एप प्रयोगकर्ता ग्राहकहरूले २०८० कार्तिक ७ गते विजया दशमीको दिन बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म बैंकको दक्षिणा पाउनेछन् ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी समयसापेक्ष रूपमा बैंकले यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३ सय ५२ शाखा कार्यालय, ३ सय ७१ एटिएम, ३ सय २२ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सय भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस