सुनसान बने राजधानीका सडक « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सुनसान बने राजधानीका सडक


६ कार्तिक २०८०, सोमबार


काठमाडौँ । दसैँमा गाउँ जाने मानिसको संख्या बढ्दै गएपछि राजधानी भित्रका सडक सुनसान देखिएका छन्।

दसैँको अष्टमीमा केही चहलपहल देखिए पनि नवमका दिन राजधानीमा मानिसको चहलपहल न्यून देखिएको छ।
दसैँ मनाउन सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौँ सुनसान भएको हो।

ट्राफिक जामले भरिने काठमाडौँ उपत्यकाका सडक अहिले जनसङ्ख्या पातलिँदै जाँदा सुनसान भएका हुन्।

सडकमा हिँडडुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिन थालेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस