एनआरएनएको असन्तुष्ट पक्षद्वारा पदभार ग्रहण « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एनआरएनएको असन्तुष्ट पक्षद्वारा पदभार ग्रहण


६ कार्तिक २०८०, सोमबार


काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचनबाट असन्तुष्ट भइ नयाँ कार्यसमिति गठन गरेको राजकुमार शर्मा नेतृत्वको असन्तुष्ट पक्षले पदभार ग्रहण गरेको छ।

सोमबार काठमाडौँको बालुवाटारस्थित एनआरएनएको कार्यालयमा गई पदाधिकारीहरूले एक अर्कालाई बधाई र खादा लगाइदिँदै काममा लागेका हुन्।

काममा लागेको घोषणा गर्दै अध्यक्ष शर्माले विगत केही वर्षदेखि आफ्नै कब्जामा मात्रै राख्ने र दुराशयपूर्ण ढङ्गले अघि बढाउने कार्य अहिले प्रमाणित भएको बताए।

उनले आफूहरूसँग सहमति भएको १२ घण्टा नबित्दै निर्वाचित अध्यक्ष बद्री केसीले शपथग्रहण गर्नुले धाँधली भएको पुष्टि भएको बताए।

उनले रि भोटिङ गर्ने भए अझै आफू तयार रहेको बताए। उनले संस्थाले केही गुट र सीमित व्यक्तिको हितमा कम गर्नु नहुने बताए।

उनले भने, ‘विगत केही वर्षदेखि आफ्नै कब्जामा मात्रै राख्ने र दुराशयपूर्ण ढङ्गले अघि बढाउने जस्तो शङ्का थियो, त्यो शङ्का अहिलेको महाधिवेशनमा भेरोबाट भोटिङ गर्दा प्रमाणित भएको छ।

हामीसँग सम्झौता भएको १२ घण्टा नबित्दै शपथ खानुभयो। बद्री केसीज्यूलाई अझै भन्छु, रि भोटिङ गरौँ, म जहिले पनि तयार छु होइन भने दम्भले अड्काएर राख्नु हुँदैन।

संस्थाले केही गुट र सीमित मानिसको हितमा काम गर्ने होइन, साझा हित हुनेगरी काम गर्नुपर्छ, गैर आवासीयको हितमा काम गर्नुपर्छ। यो विद्रोह संस्था बचाउनका लागि हो।’

उनले आफूहरूको विद्रोह संस्था बचाउनको लागि भएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस