काठमाडौँ । पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाएका छ जनाकै परिचय खुलेको छ ।
दुर्घटनामा पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१६ की ५५ वर्षीया पार्वती लोहनी, ६५ वर्षीय कृष्ण लोहनी, ११ वर्षीय सविस लोहनी, साढे २ वर्षका इशव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङको बेसीसहर नगरपालिका-२ की ५५ वर्षीया चुना धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चालक ३६ वर्षीय ईश्वर लोहनीको तानसेनमा रहेको युनाइट मिशन अस्पतालमा उपचार भइरहेको छ ।
पर्यटकीय स्थल रानीमहल दरबार पुगेर फर्किएको बाग्मती प्रदेशको ०१-०२६ च-७२०९ नम्बरको जीप आज आइतबार बैकुन्ठे भीरबाट खोलामा खसेको हो ।