भालुको आक्रमणबाट बालिका घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भालुको आक्रमणबाट बालिका घाइते


५ कार्तिक २०८०, आइतबार


सोलुखुम्बु । सोलुखुम्बुमा भालुको आक्रमणबाट एक बालिका घाइते भएकी छन् ।

भालुको आक्रमणबाट माप्यदूधकोशी गाउँपालिका-५ की १३ वर्षीया एन्जल पुडासैनी घाइते भएकी हुन् ।

उनको टाउको, ढाड, कुम, तिघ्रालगायत शरीरका ९ ठाउँमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

उनको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जनाइएको छ ।

माप्य दूधकोशी गाउँपालिका-५ को रामपुर माविमा कक्षा ८ मा अध्यनरत पुडासैनीलाई काकु माविमा ट्युसन जाने क्रममा भालुले आक्रमण गरेको बालिका प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस