Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चोरिएको ५१ वर्षपछि पञ्चमुखे शङ्करको मूर्ति अर्घा भगवतीमा प्रतिस्थापन


५ कार्तिक २०८०, आइतबार


काठमाडौँ । अर्घाखाँचीको अर्घा भगवती मन्दिरबाट हराएको पञ्चमुखी शङ्कर भगवानको मूर्ति ५१ वर्षपछि प्रतिस्थापन गरिएको छ।

२०३० साल वैशाख २५ गते अर्घा भगवती मन्दिरबाट झण्डै आठ सय वर्ष पुराना बहुमूल्य मूर्तिहरू चोरी भएका थिए।

हराएका मध्ये धातुबाट निर्मित शङ्कर भगवान् (पशुपतिनाथ) को मूर्ति भेटिएपछि नवदुर्गाको साइत पारेर गत शुक्रबार विधिपूर्वक मन्दिरमा प्रतिस्थापन गरिएको हो।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालका अनुसार मन्दिरबाट चोरी भएको मूर्ति वैदिक विधिपूर्वक प्रतिस्थापन गरिएको बताए।

सन्धिखर्क नगरपालिका वडा नम्बर ९ स्थित अर्घा डाँडामा बाइसे चौबिसे राजाहरूको अर्घा दरबार क्षेत्रभित्र भगवती मन्दिर निर्माण गरी पूजाआजा गर्दै आएका थिए।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुसालका अनुसार उक्त मूर्ति १३०० वर्षतिर भगवती मन्दिरमा प्रतिस्थापन गरी पूजा गर्न सुरु गरेको इतिहास छ।

अध्यक्ष भुसालका अनुसार १२७५ मा भारतको कुमाईं गढवालमा हिन्दु-मुस्लिम लडाइँ सुरु भएपछि हिन्दु धर्मको रक्षार्थ हिन्दु पुरेतहरू त्यहाँबाट अर्घा आएको भन्ने किंवदन्ती छ।

Tags :
प्रतिक्रिया दिनुहोस